दमौलीः तनहुँमा नक्कली नोट सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पुर्व) बुलिङ्गटार गाउँपालिका वडा नं. १ थामबेशी ठिमुरेटोलका २० वर्षीया बिनोद रामदाम भनि चिनिने बिशाल बि.क.र बन्दिपुर गाउँपालिका वडा नं. १ वस्ने ३० वर्षीया गम बहादुर गरन्जा मगर रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए ।
उनका अनुसार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँवाट खटिएको प्रहरीले सोधपुछ पश्चात निज वि.कको साथबाट नक्कली जस्तो देखिने नेपाली १ हजार को १ थान फेला परेको थियो भने अर्का व्यक्तिबाट नक्कली जस्तो देखिने नेपाली १ हजार को १ सय ७५ थान गरी जम्मा १७६ थान नोट लगायतका अन्य चिजबस्तुहरु फेला परेको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिए ।
उक्त रकम बरामद गरी संलग्न दुबै जनालाई तनहुँ जिल्ला अदालतबाट मुद्रा कसुर सम्बन्धी दर्ता गरी ५ दिनको म्याद थपको अनुमति लिई अनुसन्धान भईरहेको पनि प्रहरी नायव उपरीक्षक खाँणले जनाएका छन् ।