दमौली : नेपाल शिक्षक संघ तनहुंका अध्यक्ष रमेश बाबू भट्टराईले शुक्लागण्डकी नगरपालीका स्थित जि.पि. कोइराला राष्ट्रिया श्वासप्रश्वास केन्द्रमा २ सय थान किट र दमौली अस्पतालमा १ सय फाईल सलाईन सहित १ सय २० थान किट सहयोग गरेका छन् ।
डेङ्गोका विरामीलाई अस्पतालमा उपचारको
लागि सहज होस् भनि सलाईन र किट सहयोग गरेको भट्टराईको भनाई छ ।
विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका अध्यक्ष भट्टराईले डेङ्गोका विरामीको संख्या दिन प्रति दिन बढ्दै गएको अवस्थामा किट र सलाईनको अभाव नहोस भनि सहयोग गरेको र आवस्यक परेमा डेङ्गो नियन्त्रणका लागि थप सहयोग गर्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरेका छन् ।