दमौली अस्पताललाई दाहलले गरे २ सय फाईल सलाईन सहयोय

दमौली न्युज
  • ख-
  • ख+

दमौली : व्यास २ स्थित लोकप्रिय मेडिकलका संचालक राजु दाहलले दमौली अस्पताललाई २ सय फाईल सलाईन सहयोग गरेका छन् । डेङ्गुका विरामीलाई अस्पतालमा उपचारको लागि सहज होस् भनि सलाईन सहयोग गरेको दाहलको भनाई छ ।


विभिन्न ठाउँमा सहयोग गर्दै आएका दाहल औसधि व्यवसायी संघका अध्यक्ष पनि हुन् । डेङ्गुका विरामीको संख्या दिन प्रति दिन बढ्दै गएको अवस्थामा सलानको अभाव नहोस भनि आफुले सहयोग गरेको बताए ।


दमौली अस्पतालका मेडिकल सुपरीटेन्ट डा. परिवर्तन बरालले अस्पताललाई सहयोग गरेकोमा आभार व्यक्त दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्