दमौली : तनहुँको भिमाद नगरपालिका– ९ सखेप स्थित भानुमती साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक चुत्र बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
भानुमती साना किसान कृषि सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरी अनुसन्धान थालिएको हो ।
प्रवन्धक थापाले बिभिन्न मितिमा संस्थाको सेयर रकम,बचत रकम र एक सय तीस जना सेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेका थिए ।
उक्त सहकारी संस्थाको २ करोड ६९ लाख ७१ हजार ९ सय ६६ रुपैया ८८ पैसा हिनामिना गरेको देखिएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
थापा विरुद्ध रकम हिनामिना गरेको भनि जाहेरी दरखास्त परे पछि पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए । तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिई अनुसन्धान भईरहेको पनि प्रहरी नायव उपरीक्षक खाँणले जनाएका छन् ।