दमौलीमा बुधवारे कृषि हाट बजार लाग्न सुरु

दमौली न्युज
  • ख-
  • ख+

दमौली : दमौलीमा बुधबारे हाट बजार लाग्ने भएको छ । स्थानीय कृषकको उत्पादनलाई प्रवद्र्धन  गर्ने उद्देश्यले संविधान दिवसको अवसर पारेर बुधबारे हाट बजार सुरु गरेको हो ।

व्यास नगरपालिकाले निर्माण गरेको कृषि उपज बिक्रि वितरण केन्द्र व्यास ३ मा हाट बजार लाग्ने छ । उक्त हाट बजारको उद्घाटन तनहूँ क्षेत्र नं १ का सांसद डा. स्वर्णिम वाग्लेले गरेका छन् ।

व्यास नगरपालिकाद्धारा निर्मित १३ वटा टहरामा निः शुल्क कृषि उत्पादन बेचबिखन गर्न पाईने पनि व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी