व्यास नगर साइनिङ स्टारको उपाधी सदिक्षा रानाले जित्न सफल

दमौली न्युज
  • ख-
  • ख+

दमौली : व्यास नगर साइनिङ स्टार २०२३ को उपाधि सत्यवती माविकी छात्रा सदिक्षा रानाले जित्न सफल भएकी छन् । जेसिआई व्यास नगरले आयोजना गरेको शुक्रबार राति भएको प्रतियोगितामा सहभागि १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि जितेकी हुन्।

रानाले रु.२५ हजार २३ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै आभा श्रेष्ठ फस्ट रनर अपले १५ हजार २३ र सदिक्षा थापा मगर सेकेण्ड रनर अपले १० हजार २३ बाट घोषित भएका छन् । प्रतियोगितामा १० बर्ष माथिका र १५ बर्ष मुनिका दुई बालक सहित बीस जना बालबालिका कार्यक्रममा सहभागि भएका थिए ।

सामाजिक क्षेत्रमा क्रियाशिल बन्दै आएको जेसिआई व्यास नगरले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागी प्रतियोगिताको आयोजना गरिएको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्