
दमौली : श्री जन जागृति माध्यमिक बिधालयलाई निम्स संस्थाले शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरिएको छ । हरिनास गाउँ पालिका वडा न ३ चिसापानीका समाजसेवी,अग्रज, पर्यटन व्यवसायी तथा निम्स सस्थाका उपाध्यक्ष धनञ्जय लम्सालको विशेष सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा हरिनास गाउँपालिकाकी उपाध्यक्ष इन्द्रा कुमारी थापा राना, हरिनास गाउँपालिका वडा न ३ का वडा अध्यक्ष ओम प्रकाश सिग्देल, वडा न ४ का वडा अध्यक्ष सन्त बहादुर थापा र स्थानिय समाजसेवी मनोरथ शर्मा लगायतको उपस्थितिमा शैशिक तथा खेलकुद सामाग्री बितरण गरिएको थियो ।

सामुदायिक बिधालयमा अधिकांस किसानका बालबालिकाले अध्ययन गर्ने स्कुल भएको हुनाले पनि कति पय बालबालिकाले गृहकार्य गर्न कपि कलम नपाएको अवस्थामा र बिधालय आउन बञ्चित भएका विधार्थीहरुको लागि थप प्रोत्साहन सहित अभिभाबकहरुलाई थोरै भए पनि सहायता मिलेको कार्यक्रममा सहभागिहरुको भनाई थियो ।
निम्स सस्था तथा यस सस्थाका उपाध्यक्ष धनञ्जय लम्सालले शिक्षा क्षेत्रमा मात्रै नभई स्वास्थ्य क्षेत्रमा पनि निशुल्क स्वास्थ्य शिबिर गरेर हरिनास बासिलाई स्वास्थ्य लाभ दिई रहेका हुनाले आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याउनु भए पालिकाको तर्फबाट पुर्ण सहयोग गर्ने जनाउनुका साथै निम्स सस्थालाई हरिनास गाउँपालिकाकी उपाध्यक्ष इन्द्रा कुमारी थापा रानाले धन्यवाद दिएकी थिईन ।