तीज पर्वमा भड्किलो खर्च नगर्न प्रशासनको आग्रह

दमौली न्युज
  • ख-
  • ख+

दमौली : हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय तनहुँले भड्किलो खर्च नगर्न भन्दै सुचना निकालेको छ । पर्व मनाउने सन्र्दभमा अन्यावश्यक तडक भडक र फजुल खर्च नगर्न प्रमुख जिल्ला अधिकारी छवि रिजालले आग्रह गरेका छन् ।

आफ्नो परम्परा एवम् सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तिज संग सम्बन्धित खर्चिला कार्यक्रम संञ्चालन नगर्न जिल्लावासिहरुलाई प्रमुख जिल्ला अधिकारी रिजालले अनुरोध गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्