ॐकार परिवार तनहुँले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए

दमौली न्युज
  • ख-
  • ख+

दमौली : ॐ कार परिवार तनहुँले जिल्ला प्रसाशन कार्यालय तनहुँमा ज्ञापन पत्र बुझाएका छन् । धार्मिक विद्वेष फैलाउने दोषीलाई कडा कारवाहीको माग गर्दै र्याली सहित तनहुँका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाण्डौं पठाइएको हो । ज्ञापनपत्र बुझ्दै प्रजिअ रिजालले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र जति सक्दो चाँडो आफुले प्रेषित गर्ने प्रतिबद्धता जनाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्