लागु औषध गाँजा सहित तनहुँको बेनिटारबाट १ जना पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी: तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित बेनिटारबाट अवैध लागु औषध गाँजा सहित १ जना पक्राउ परेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ चण्डिभञ्ज्याङ्गका बाट ३० वर्षीय तिलक गुरुङ पक्राउ परेका हुन्।

गुरुङलाई अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिएको प्रहरी टोलीले आज बिहान चेकजाँच गर्ने क्रममा ग २ ख ९७१ नं. को बसमा झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा १ किलो गाँजा सहित पक्राउ गरेको हो ।

उक्त लागु औषध सहित पक्राउ परेका निज तिलक गुरुङलाई तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्