धादिङ : काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस त्रिसुलीमा खस्दा ८ जनाको मृत्यु भएको छ ।
धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए ।
उनका अनुसार मृतक मध्ये २ जना महिला र ६ जना पुरूष रहेका छन् । घाइते ८ जनाको उद्धार भएको छ भने घाइते पाँच जनालाई उपचारको लागि काठमाडौं पठाइएको पनि उनले बताए । घटनाबारे विस्तृत विवरण आउँदै छ ।













