मोटरसाईकलकको ठक्करबाट एक पैदल यात्री गम्भिर घाईते

दमौली न्युज
  • ख-
  • ख+

दमौली : मोटरसाइकलको ठक्करबाट भिमादमा एक पैदल यात्री गम्भिर घाइते भएकी छन । तनहुँको भिमाद नगरपालिका वडा नं. ७ सितलचौपारी स्थित भित्रि सडक खण्डमा गिर्दी खोलाबाट भिमाद बजार तर्फ जादै गरेको लु ३२ प ८९८१ नम्बरको मोटरसाईकलले ठक्कर दिदा भिमाद नगरपालिका वडा नं. ६ क्याम्पसरोड वस्ने वर्ष ६२ की विष्णु देवि खनाल गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिए ।


मोटरसाईकलको ठक्करबाट घाईते भएकी खनाललाई भारम मेडिकल हल भिमादमा सामान्य उपचार पछि उनलाई थप उपचारको लागि मंगल बार नै जिएसि अस्पताल पोखरामा रिफर गरिएको थियो । मोटरसाईकल र चालक प्रहरी नियन्त्रयामा रहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको सुचना अधिकारी तथा प्रहरी निरीक्षक खाँडले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्