दमौली । भिमाद नगरपालिका वडा नं ६, घुमाउने खोलामा भेटिएको महिलाको शव आफन्तले बुझेका छन् । मृत महिला पोखरा महानगरपालिका वडा नं. ३२ वस्ने ३३ वषिर्य रमा थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख एवं प्रहरी निरीक्षक यामनारायण अर्यालले जानकारी दिए ।
उनका अनुसार मृत महिलाको आफन्तले डाँडाको नाकको प्रहरी कार्यालयमा निवेदन दिएको हुनाले पनि शव पोष्टमार्टमको लागि पोखरा लगिएको बताए । आज विहान भिमादको घुमाउनेमा महिलाको शव फेला परेको थियो ।













