दमौली : पुल्चोक टोल विकास संस्थाको अध्यक्षमा भानु कुमार श्रेष्ठ चयन भएका छन् । संस्थाको १९ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनबाट ९ कार्यसमिति सर्वसमत चयन गरिएको हो ।
अध्यक्ष सहित ९ सदस्यीय कार्यसमिति गठन गरिएको नवनिर्वाचित सचिव देव गजमेरले जानकारी गराए । उपाध्यक्षमा शमम्शेर आले सर्वसमतले चयन भएका छन् । त्यस्तै सचिवमा देव गजमेर, सह–सचिवमा कल्पना वि.क. र कोषाध्यक्षमा हरि वि.क. चयन भएका छन् ।

यस्तै गरी सदस्यहरुमा दुर्गा वि.क., आशा परियार, पुनम वि.क. र राज कुमार वि.क. रहेका छन् । नेत्र बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पुल्चोक टोल विकास संस्थाका पुर्व अध्यक्ष एवम् समाजसेवी तिलक सुनार रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिहरुमा व्यास नगरपालिका वडा नं. ३ का वडा सदस्य श्रीमाया वि.क., दधिराज धिमिरे, विनु श्रेष्ठ रहेका थिए । त्यस्तै विद्यालय व्यवस्थापक समितिका अध्यक्ष विष्णुभक्त न्यौपाने ,शिवपाञ्चायन मा.वि.का प्रधानाध्यापक बलराम वाग्ले, देविदेउराली पुस्तकालय तथा वाचनालयका अध्यक्ष बाबुराम बगालेले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै गरी सेतिमादी बन उपभोक्त समितिका अध्यक्ष ओम बहादुर थापा, दलित मुक्तिमोर्चा व्यास नगरका अध्यक्ष रिखुराम वि.क., बुद्ध पार्क आमा समुह कि अध्यक्ष ईन्द्रा गुरुङ, पुल्चोक टोल आमा समुह कि अध्यक्ष शिव गिरी , देउराली नगर टोल संस्थाका प्रतिनिधि रिखुराम वि.क र नमस्ते देउराली क्लवका अध्यक्ष तिल बहादुर थापा लगाएतले आ–आफ्नो भनाई मन्तव्यका क्रममा राखेका थिए ।
त्यस्तै गरी पुर्व अध्यक्ष शंकर पाण्डे र समिम सुनार ले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । हरि वि.क.को स्वागत मन्तव्य रहेको कार्यक्रममा देव गजमेरले आय–व्याय प्रस्तुत गरे भने कार्यक्रम संचालन भानु कुमार श्रेष्ठले गरेका थिए । अधिवेशनको अवसरमा संस्थालाई कुर्चि, टेवुल सहयोग गर्ने सहयोगीहरुलाई र २०७९ एसईइ उत्तिर्ण विद्यार्थीहरुलाई खादा सहित सम्मान गरिएको थियो ।













