दमौली : नेपाल बालविकास शिक्षक संघर्ष गण्डकी प्रदेश स्तरीय प्रथम भेला एवम् अधिवेशन सम्पन्न भएको छ।
नेपाल बाल विकास शिक्षक संघर्ष समितिको आयोजनामा शनिबार दमौलीमा व्यास नगरपालिकाको व्यवस्थापनमा भएको हो।

उक्त कार्यक्रम नेपाल वाल विकास शिक्षक संघर्ष समितिका केन्द्रीय सदस्य कृष्ण माया थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठको सहभागिता रहेको थियो ।













