दमौली : व्यास नगरपालिका वडा नम्बर ४ र १० को सिमानामा पर्ने मादिनदिको किनारामा रहेको विजुलीको पोल व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम देखिएको छ । विद्युतको पोल तलबाट मादि नदिले जमिनको सतह खोतली माटो बगाउँदा पोल नै ढल्ल खोजेको हो ।

मादि नदिको किनारामा ढल्ल खोजेको अवस्थामा रहेको विजुलीको पोलको सम्बन्धित निकायहरुले समयमै व्यवस्थापन गर्न नसके गम्भीर घटना घट्न सक्ने स्थानिय बल बहादुर वि.क.ले बताए । विद्युत प्राधिकरणलाई बारम्बार जानकारी गराउदा पनि कुनै सुनाई नभएको उनको गुनासो छ ।













