मादी नदीमा एक पुरुषको शव फेला

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा एक पुरुषको शव फेला परेको छ ।
बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

अन्दाजी ५० वर्षजस्तो देखिने मृत व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्