सेति नदीमा महिला मृत अवस्थामा फेला

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका वडा नं. १३ वेलवास स्थित ७०० मिटर तल सेति नदीको किनारमा महिला मृत अवस्थामा फेला पारिएको छ । नाम थर नखुलेको ४०÷४५ वर्षकी महिलाको लास सेति नदीको पानी माथि तैरिरहेको अवस्थामा फेला परेको प्रहरी नायक उपरीक्षक मोहन बहादुर खाँडले बताए ।

उनका अनुसार बर्ण गहुँगोरी, मझौला शरिर, शरिरको भाग सडिगली कपालको भाग समेत नभएको, शरिरको भाग फुलेको, उचाई ५ फिट, दाहिने कानमा बुट्टा सहितको पहेलो रंगको मुन्द्रा, नाकमा फुली, घाटीमा रातो गेडिवाला पोते भएको माला र बाया हातमा रातो चुरा लगाएको मृत महिला रहेको जनाए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको पनि प्रहरी नायक उपरीक्षक खाँडले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्