स्नातक तह शिक्षामा उत्कृष्ठ, आदिकविका सन्देश अधिकारी पुरस्कृत

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल पब्लिक क्याम्पस संघ को २३ औं स्थापना दिवसको अवसर स्थानिय विकाश प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा आयोजित संघको वार्षिकोत्सव समारोहमा आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थी संदेश अधिकारी सम्मानित एवं पुरस्कृत भएका छन् ।

संदेश अधिकारीले २०७८ सालमा त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र संकायमा सर्वोत्कृष्ठ ६८.६४% अंक प्राप्त गरेका थिए । अधिकारीलाई नेपाल पब्लिक क्याम्पस छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । उक्त अवसरमा अर्थमन्त्री प्रकाश शरण महत, त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटा र संघका अध्यक्ष गुप्ताले विद्यार्थी संदेश अधिकारीलाई खादा, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरि सम्मान गरेका थिए ।

पुरस्कार राशी रु. १५ हजार रहेको छ । सम्मान एवं पुरस्कार बितरण समारोहमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महा प्रसाद हड्खले, पुरस्कृत छात्र सन्देश अधिकारिका पिता श्यामकृष्ण अधिकारी, रामजी अधिकारी र हजुरआमा अक्षरी अधिकारी समेतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्