राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बोलाइएको छ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । 

कार्यसूचीअनुसार राष्ट्रियसभाका अध्यक्षले विनियोजन विधेयक अन्तर्गत विभिन्न शीर्षकहरुमा प्रस्तुत खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी