दमौली: व्यास ४ का १ जना पुरुषमा कोरोना संक्रमण भेटिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा व्यास ४ का ३० बर्षीय पुरुषमा सङ्क्रमण पुष्ठि भएको हो । उपचारका लागि पोखरा गएका उनको कोभिड परिक्षण गरिएकोमा पिजेटिभ देखिएको व्यास नगरपालिकाका जन स्वास्थ्य अधिकृत प्रमोद सोतिले जानकारी दिए । यस संगै व्यास नगरपालिकामा सङ्क्रमितको संख्या १४१ जना पुगेको छ ।