
भानु: भानु जयन्तीको अवसरमा असार २९ गतेबाट शुरु हुने भानु कपको १६ औं संस्करणका लागि नेपाली कांग्रेस महासमिति सदस्य पुरुषोत्तम खनालले एक लाख १२ हजार दुई सय १० रुपैयाँ सहयोग गरेका छन् ।
भन्सार युवा परिवार साल्बिस्ने युवा क्लब र भिमसेन युवा क्लबको संयुत्तः आयोजनामा साउन ६ गतेसम्म् सञ्चालन हुने प्रतियोगिताका लागि विभिन्न क्षेत्रबाट उत्साहजनक सहयोग संकलन भैरहेको छ । यसैक्रममा खनालले दोस्रो पुरस्कार बराबरको आर्थिक सहयोग गरेका हुन् ।
२ लाख २५ हजार दुई सय १० रुपैयाँ नगद पुरस्कार रहेको प्रतियोगितामा दोस्रो पुरस्कार एक लाख १२ हजार दुई सय १० रुपैयाँ छ । सामाजिक क्षेत्रमा सक्रिय सहयोग गर्दै आएका कांग्रेस महाधिवेशन प्रतिनिधि खनाल कृषि व्यवसायमा समेत सक्रिय छन् ।
भानुका स्थानीय खनालले आफ्नो क्षेत्रमा युवाहरुलाई सकारात्मक बाटोमा लैजान भएको प्रयासमा आफूले सकेको सहयोग गरेको बताए । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्दैछन् ।