दमौली : सिर्जना टोल आमा समूहले गुरुपुर्णिमाको अवसरमा आफ्नो टोलमा रहेका बृद्ध–बृद्धा बुवा–आमाहरुलाई सम्मान गरिएको छ । गुरुपुर्णिमाको अवसर पारेर सम्मान गरिएको हो । व्यास ३ का वडा अध्यक्ष अनुप रानाको प्रमुख अतिथिमा भएको सो कार्यक्रममा उपस्थित सवैलाई सिर्जना टोल आमा समूहकी अध्यक्ष सरीता श्रेष्ठले दोसल्ला ओढाई अबिर र फूलको गुच्छाले सम्मान गरेकी थिईन् ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेका व्यास ३ का वडा अध्यक्ष अनुप रानाले पबित्र दिनमा टोल आमा समूहले राम्रो कामको शुरुवात गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गर्न वडाको तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे त्यस्तै व्यास ३ का निबर्तमान वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठले आमा समूहले टोलको जेष्ठ नागरिकलाई सम्मान गरेर उदाहरणीय कामको थालनी गरेको बताए । उनले आगामी दिनमा यस्ता राम्रो काम गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि दिएका थ्एि ।
त्यसै गरी सम्मानित ब्यक्तिको तर्फबाट सु. बल बहादुर रानाभाट,छिमेकी टोल ब्यास ४ जलदेबी ख को अध्यक्ष टिका गिरी, सिर्जना टोलको उपाध्यक्ष ठाकुर प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पहिलो पटक आमा समूहले टोल स्थित बाबा आमालाई हामी सबैको गुरु हो भन्ने ठानेर यो पबित्र अवसरमा सम्मान कार्यक्रम गरिएको सिर्जना टोल आमा आमा समूहकी अध्यक्ष सरीता श्रेष्ठले बताईन । बाबा आमाको सम्मान हाम्रो पनि सम्मान र बाबा आमालाई माया दिंदा हामीले पनि माया पाउंछौं त्यसैले मेरो कार्यकालमा सम्मान कार्यक्रमको शुरुवात गरेको उनको भनाई थियो । सो कार्यक्रमको सञ्चालन सचिव राधिका थापा ले गरेकी थिईन भने स्वागत उपाध्यक्ष शोभा रानाभाटको रहेको थियो ।
                    




				                               






							
							
							
    
    
    
    
