दमौली : नेपाल एस वि आई बैंक लिमिटेड दमौली शाखाले व्यास गुफा परिशरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागी सहयोग गरेको छ । व्यास नगरपालिका वडा नं. ०३ स्थित निर्माणधिन भवनको लागि बैकले ५० हजार सहयोग गरेको हो ।
उक्त रकम वेदानुयायी प्रतिष्ठान नेपाल,केन्द्रीय कार्यालय व्यास गुफा तनहुँ मार्फत आज एक कार्यक्रमका विच बैंकका गण्डकी प्रदेश प्रमुख श्री सुशीलचन्द्र महतले वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर वावालाई रकम हस्तान्तरण गरिएको नेपाल एस वि आई बैंक लिमिटेड दमौली शाखाका प्रबन्धक दिवाकर भट्टले जानकारी दिए ।
भट्टका अनुशार वैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम पनि गर्दै आएको बताएका थिए । त्यस्तै आफुहरुको संस्थालाई बैकले सहयोग गरेकोमा खुसी व्यक्त गर्दै उनले भने सहयोग स्वरुप प्राप्त भएको यो रकमलाई व्यास गुफामा निर्माणाधिन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने वेदानुयायी प्रतिष्ठान नेपालका मुलसंरक्षक दामोदर बाबाले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रम वेदानुयायी प्रतिष्ठान नेपालका व्यवस्थापन समितिका पदाधिकारीहरु, नेपाल पत्रकार महासंघ तनहुँ शाकाका अध्यक्ष उज्वल पौडेल तथा बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । नेपाल एसवि आई वैंक लिमिटेडले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२८ एटिएम बाट नेपाल भरी आफ्नो सेवा प्रदान गर्दै आएको पनि बैकले जनाएको छ ।











