दमौली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अरब ५९ करोड ३१ लाख १ हजारको अनुमानित आय व्यय विवरण सार्वजानिक गरेको छ ।
आईतबार आयोजित ३९ औं नगरसभामा नगर उपप्रमुख इन्दिरा दरैले १ अरब ५९ करोड ३१ लाख १ हजारको अनुमानित आय व्यय विवरण सार्वजानिक गरेकी हुन् ।
व्यास नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को कुल बजेट १ अरब ४५ करोड ५ लाख ९१ हजार ९ सय १३ चालु आर्थिक वर्ष २०७९÷८० को बजेट १ अरब ७१ करोड ४७ लाख ५४ हजार रुपैया रहेको थियो । गत बर्ष को तुलनामा यस बर्ष १२करोड नै वजेट घटाएर प्रस्तुत गरिएको थियो ।
नगर सभामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले २३२ बुदाँको नीति कार्यक्रम पेश गरेका थिए । व्यास नगरपालिकाले पुर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवस्थित बसोबास र भुमि व्यवस्थापन, वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुँद, सुचना तथा सन्चार, आदिवासी जनजाती, दलित उत्थान, अपाङ्गता, जेष्ठ नागरिक, सुरक्षित बैदेशिक रोजगारी र सुशासन तथा दक्ष जनशक्तिलाई मुख्य बुँदामा बर्गिकरण गरि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
सभामा व्यास नगरपालिका विधायन समितिका संयोजक खेमराज पोख्रेलले व्यास नगरपालिकाको विज्ञापन कर नियमित गर्ने विधेयक पेश गरेका थिए ।
                    




				                               






							
							
							
    
    
    
    
