सुनचाँदी व्यवसायी संघले बुझायो ज्ञापन पत्र

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँ सुनचाँदी व्यवसायी संघले सरकारले सुनचाँदीमा गरेको बजेट व्यवस्था सम्बन्धीका बारेमा आफ्नो माग सहित ६ बुद्धे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालयतनहुँलाई बुझाएको छ ।

हाल सरकारले आ.व २०८०÷०८१ को लागि प्रस्तुत भएको बजेटमा सुनचाँदी गर–गहनामा २ प्रतिशत विलासिता कर लगाउने, भन्सार दरमा बृद्धि गर्ने र झिटीगुन्टा भारीको व्यवस्था परिवर्तन गरी पुरुषलाई २५ ग्राम र महिलालार्य ५० ग्राम सम्म भन्सार छुटमा गरगहना ल्याउन पाउने गरी ल्याएको अवैज्ञानिक र व्यवसायी हित विपरितको विधेयक तथा भन्सार नीति प्रति आम सुनचाँदी व्यवसायीको गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा लेखिएको छ ।

प्रत्येक नारिकलाई कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने भोग गर्ने, बेचविखन गर्ने व्यवसायीक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोवार गर्ने संबैधानिक हकको समेत हनन् भएको र स्वयम् राज्यको अर्थतन्त्रमा समेत असर पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी