व्यास नगरपालिकाले करिब १ अर्ब ६० करोडको बजेट प्रस्तुत गर्दै

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिकाले
आर्थिक वर्ष २०८०/८१ को नीति, वजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । व्यास नगरपालिकाले करिब १ अर्ब ६० करोडको बजेट प्रस्तुत गरिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार नीति बजेट तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको नगरपालिकाले यस पटक घटाएर करिब १ अर्ब ६० करोड को बजेट ल्याउने अनुमान गरिएको छ ।नगरप्रमुख न्यौपानेका अनुसार संघीय एवं प्रदेश सरकारले दिदै आएको ससर्त, समानिकरण, समपुरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेट घटेको बताए । उनले भने,“बजेट घटे पनि सबै कार्यक्रमलाई समेटिएको छ । सबै क्षेत्रलाई प्राथमिकमा राखि बजेट ल्याईने छ । ”उनका अनुसार नगरपालिकाले वडागत योजनाहरु तर्जुमा गरी बजेट निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०८०/८१ को वजेट तथा कार्यक्रमको लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाहरुको तर्जुमा गरेर विषयगत समिति मार्फत छलफल गरिनीति, वजेट तथा कार्यक्रम तयार गरिएको छ । अघिल्लो वर्ष हरेक वडालाई १ करोड २५ लाख बजेट तोकिएकोमा यो पटक भने १ करोडको बजेट मात्र मापदण्ड तय गरिएको छ । वडाबाट आएका योजना छनौटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण,आर्थिक, संस्थागत सुधार लगायतका योजनाहरु प्राथमिकतामा राखिएको उनले बताए ।

नगरपालिकाले सबै वर्गलाई समेटेर बजेट ल्याउन लागिएको उपप्रमुख इन्दिरा दरैले बताईन् । उनको अनुसार बालविवाहलाई रोक्नको लागि २० वर्ष पुगेर बिहे गर्ने युवतीलाई १० हजार प्रोत्सान रकम दिईने निति ल्याईने भएको छ । दलित चेपाङ,दरै, बोटे र कुमाल समुदायका युवतीहरुले २० वर्ष पुगेपछि बिहे गरेमा उक्त प्रोत्सान रकम प्रदान गरिने उनले बताईन् । महिला उद्यमीहरुको व्यवसायलाई प्रोत्सानगर्न व्यापार मेलाको आयोजना समेत गरिने कार्यक्रम ल्याउने उनले बताईन् ।

त्यस्तै विदेशबाट फर्किएर आएका महिलाहरुलाई यहि रोजगारी दिने कार्यक्रम ल्याईने पनि उपप्रमुख दरैले जानकारी दिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी