चट्याङ लागेर एक युवकको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : तनहुँको आँबुखैरेनीमा शुक्रबार चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आँबुखैरेनी– ५ खाल्टेपानी निवासी २० बर्षीय पृतम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

एकतले कच्ची घरमा एक्कासी चट्याङ पर्न जाँदा घरको कोठा भित्र बसिरहेको अवस्थामा पृतमको घट्नास्थलमै मृत्यु भएको थियो । बिहान करिब २ बजेको समयमा चट्याङ लाग्दा गुरुङ को मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उक्त घटनाका बिषयमा थप अनुसन्धान भईरहेको पनि उनले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी