
आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ एक्लेफाँट स्थित पृथ्बी राजमार्गमा दुर्घटना हुँदा १ जनाको घटनास्थलमा मृत्यू भएको छ । मृत्यु हुनेमा लम्जुङ सुन्दरबजार नगरपालिका वडा नं ९ बस्ने ५८ बर्षिय चन्द्र गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मुग्लिन तर्फबाट लम्जुङ जानको लागि आउदै गरेको ना ६ ख ३०१६ न को ट्रक र सोही दिशाबाट आउदै गरेको बा ७० प ९४७४ न.को मोटरसाइकल ठोक्किई दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मोटरसाइकल चालक जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. २ मार्कीचोक घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.३ बस्ने ५५ बर्षिय राजु गुरुङ घाईते भएका छन् । घाईते गुरुङको आँबुखैरेनी अस्पताल तनहुँमा उपचार भईरहेको, छ भने उक्त ट्रक र ट्रक चालक ई.प्र.का.आँबुखैरेनी तनहुँले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरीले जनाएको छ ।