व्यवसायीलाई मार्ने र बैंक मोटाउनने मौद्रिक नीति आयो:

दमौली न्युज
  • ख-
  • ख+

दमौली: संयुक्त उद्योगी,व्यवसायी तथा कृषक संघ तनहुँले एक बिज्ञप्ति जारी गर्दै बैक तथा बित्तिय संस्थाको ज्यादतीको कारण व्यवसायीलाई मार्ने र बैंक मोटाउनने मौद्रिक नीति आयो यसको बिरुद्धमा भिषण र निर्णायक संघर्ष मा उत्रने जनाएको छ । शनिबार दमौलीमा गरिएको पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएका हुन्।

संयुक्त उद्योगी,व्यवसायी तथा कृषक संघ तनहुँको अध्यक्ष लक्ष्मी भक्त खनाल र संयोजक गिर बहादुर (मित्र) दुरा को जारी हस्ताक्षरित प्रेस बिज्ञप्तिमा भनिएको छ, जिल्लामा हाल व्यावसायिक उत्पीडनमा संघर्षरत सम्पुर्ण उद्योगी व्यवसायी, कृषकहरु आत्महत्या जस्तो कायरतको बाटो रोज्नु भन्दा आफुलाई कत्तिपनि एक्लो महशुस नगरी यो साझा पिडा मा उच्च मनोवल का साथ संयुक्त उधोगी, व्यावसायी तथा कृषक संघ तनहुँको छाता भित्र आबद्ध भै गर या मर को अन्तिम संघर्षमा साथ दिन विज्ञप्ति मार्फत अपिल गरीएको छ।

हाम्रो देश को जुनसुकै नीति लुटेरा हरुलेनै बनाईरहेका छन् र देश लुटेरा हरुलेनै चलाई रहेका छन्। मौद्रिक नीति पनि लुटेरा बैंक का ठेकेदार सि.ई.ओ.हरुलेनै तयार गरी राष्ट्र बैंक र गर्भनर को रबर छाप लगाई जारी गर्न लगाए जस्तो गरी आएको उल्लेख गर्दै व्यवसायी र बैंक दुवै लाई बचाउने भन्दा व्यवसायी लाई मार्ने र बैंकलाई अझ मोटाउनने गरी मौद्रिक नीति आयो विज्ञप्तिमा भनिएको छ । सच्चिन नचाहने बैंक बशर नियामक निकायलाई सच्चाउन भिषण र निर्णायक संघर्षमा उत्रने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्