कार्यालयको सेवा प्रवाहका सन्दर्भमा सामाजिक सञ्जालबाट भएको टिप्पणी प्रति प्रशासनको आपत्ती

दमौली न्युज
  • ख-
  • ख+

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले जेठ ३२ गते विहिवार भएको नागरिकता सम्बन्धि सेवाग्राहिको गुनासो सहित सामाजिक सञ्जालबाट भएको टिप्पणी प्रति कार्यालयले आपत्ती जनाउदै विज्ञाप्ती निकालेको छ । व्यास ६ का रेशम परियारले आवश्यक कागजात ल्याउदा पनि श्रीमतीको नागरिकता नबनेको भन्दै प्रशासन कार्यालय फाँट अगाडि नै सबै कागजात च्यातेर फालेका थिए ।

सोहि विषयलाई लिएर सामाजिक सञ्जालमा भएको टिप्पणीका वारेमा एक विज्ञप्ती मार्फत नागरिकताको प्रमाण पत्र निकै महत्वपुर्ण आधारभुत दस्तावेजको रुपमा भएको बताउदै सेवाग्राही प्रति संम्बेदनशील हुदै नागरिकता प्रमाणपत्र वितरणमा थप सतर्कता अपनाउन आवश्यक पर्ने विज्ञाप्तीमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी