घर बहाल घटाउन स्वतन्त्र नागरिक अभियान तनहुँको नगर प्रमुख समक्ष ज्ञापन पत्र

दमौली न्युज
  • ख-
  • ख+

दमौली : स्वतन्त्र नागरिक अभियान नेपालले, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेलाई सटर तथा घर बहाल घटाउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

नागरिक स्वतन्त्र अभियान नेपालका संयोजक विष्णु पराजुलीको संयोजकमा सटर तथा घर बहाल व्यापारीहरुको समस्याका ४ सुत्रियामाग सहित शुक्रबार नगरप्रमुखको कार्याकक्षमा गई ज्ञापन पत्र दिईएको हो ।

साना तथा मझौला व्यापारीहरुको पलायन प्रति स्वतन्त्र नागरिक अभियान नेपालको ध्यानाकर्षण भएको भन्दै यकिन गरी भाडा मापदण्ड अनुसार तोकिदिनु पर्ने ,घरबेटी तथा व्यापारीहरु विच समन्वय गरी दिने, करको दायरा हेरफेर गरी दिनु पर्ने, बैक तथा विक्तीय संस्थाहरुलाई पुनकर्जा बैक व्याजदरमा हेरफेर गर्न दवाव दिनु पर्ने कुरा ज्ञापन पत्रमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी