दमौलीमा बोरा भित्र मृत भेटिएकी महिलाको सनाखत,एक जना पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको ब्यास नगरपालिका वडा नं. ४ चिहान डाँडा स्थित सुवर्ण मार्ग कच्ची सडकमा बोरा भित्र मृत भेटिएकी महिलाको सनाखत भएको छ । अन्दाजी २५/३० बर्षकी मृतक महिला तनहुँकै भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो, उक्त घट्नामा संलग्न एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भई रहेको हुनाले मृत महिलाको नाम र पक्राउ गरिएको व्यक्तिलाई अहिले नै सार्वजनिक गर्न नमिल्ने तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । प्रहरी नायव उपरीक्षक खाँणका अनुसार प्रहरीले दुबै जनाको नाउँ गोप्य राखेको छ । एक,दुई दिनमा सबै कुरा बाहिर आउने गरी प्रहरी अनुसन्धानका कार्यलाई तीब्रता दिएको बताए ।

चिहान डाँडा स्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानी जानको लागी बिछ्याईएको ह्युनम पाइपमा दुर्थन्धित अवस्थामा शव फेला परेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी