दमौली : तनहुँमा घाँस काट्ने क्रममा लडेर एक बृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा भीमाद नगरपालिका–९ मोहरीया निवासी ८० बर्षीय तुलवीर थापाको रुखबाट लडेर मृत्यु भएको हो ।
आइतबार बिहान करिब ८ बजेको समयमा सोही स्थानमा रहेको राङसिङको रुखमा चढेर घाँस काट्दा लडेर सख्त घाईते भएका थापाको उपचारको क्रममा मृत्यु भएको हो ।
थापाको पोखरा स्थित मणिपाल अस्पतालमा सोमबार दिउँसो मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए













