दमौलीमा गर्मि बढ्दो, बृद्ध–बृद्धा देखि युवा–युवती शितलको खोजिमा

दमौली न्युज
  • ख-
  • ख+

देब गजमेर
दमौली : केही दिन देखि दमौलीको अधिकतम तापक्रम बढ्दो क्रममा रहेको छ । दिउँसो करिव एक बज्दै थियो । शितलको खोजीमा मानिसहरु भौतारी रहेका देखिन्थे । धेरै जसोको मुखबाट यहि सुनिन्थ्यो । उफ् कति गर्मी, खै पानी पर्ने सम्भावना नै देखिदैन, कस्तो गर्मी बढेको, बेला बखतमा हावा पनि चलेकै छ तर हावा भने तातो छ । दिउँसो द्धोप्पर तिर अनसन चौतारीमा, सितलको आनन्द लिन आउने मान्छेहरुले भन्ने शब्द हुन् । खै यो चौतारीले पनि खासै हावा दिदैन । हुनत अलि बाक्लो हाँगा पात भएको भए पो हावा दिने हो केही मानिसहरु पनि आफ्नै सुरमा यस्तै यस्तै भन्दै थिए ।

दमौली बजारमा सवै माझ परिचित यो अनसन चौतारी अझै लामो चौतारी भनि धेरैले यस ठाउँलाई चिन्दछन् । बजारका धेरै आसपास बाट दिउँसो तिर यस ठाउँमा शितलको लागि मात्र भए पनि आउने गरेको पाईन्छ । विचरा आफै त यो प्रचण्ड घामको ताप बाट कसरी बच्ने भनेको बेला हामीलाई कसरी शितल्ता दिन्छ, भन्दै एक जना बुढा बाबाले भन्नु भयो । म पनि गर्मी खप्न नसकेर त्यही चौतारीको सहारामा, गर्मी छल्न, गर्मी संग अताल्लिएको मन लाई शितल दिनको लागि चौतारीको एक छेउमा टुसुक्क बसे तर हावा भने आएको थिएन । झन् चर्को घामको तापले रोडबाट तातो हावा आई रहेको थियो । प्रायः अनसन चौतारीमा जो कोहि आउनेले यस्तो शब्द सुनेका हुन्छन् । दमौलीमा मात्र होईन तनहुँको धेरै ठाउँहरुमा गर्मी बढेको पाईन्छ ।

विकासको लागि भनि विभिन्न ठाउँमा रहेको बोट विरुवा, चौतारा हटाई, विकास निर्माणका लागि बोट बिरुवा फालेर पनि होला यती धेरै गर्मी भएको,ठुला–ठुला भौतिक संंरचना बनाईएकाले पनि गर्मि बढ्न थालेको केहि स्थानिय बताउछन् । बजारका छेउ–छाउमा रहेका बोट–विरुवा मासिएका छन् अनि कता बाट आउने हावा, त्यही अनसन चौतारीमा शितल्ताको लागि आउने तिल बहादुर क्षेत्रीले बताए । विहान सुर्य उदाए देखि अस्ताउने बेला सम्म एक नासको चर्को घाम लागेको छ । घरमा वस्यो पंखा लगायो तातो हावा दिन्छ बरु यहाँ त अलि अलि भएनि हावा आएको छ उनले भने ।

बढी गर्मी र दिउँसोको घामका कारण वाहिर हिड्डुल गर्न धेरै गाह्रो भएको एक युवा व्यवसायीले बताए । दिउँसोको समयमा पसल बाहिर निस्कनै सकिदैन हाँस्दै उनले भने के गर्ने गर्मी छल्लको लागि आईसक्रिम देखि चिसो–चिसो चिज खोज्दै खानु परेको छ ।

बोट–विरुवा सहितको हरियाली रहेको दमौली बजार अहिले भने प्रायः ठाउँ उजाड जस्तै छ । विकासका निन्ति भनि सडक वरपरका बोट–विरुवा मासिएका छन् । पहिलेको तुलनामा खालि ठाउँमा हरियाली बोट–विरुवा पाउन मुश्किल जस्तै छ । त्यसैले पनि होला केही दिन पानी पर्न छाड्यो भने गर्मी ह्वात्तै बढी हाल्छ । यो वर्ष दमौलीमा गर्मी अलि बढीनै बढेको पाईन्छ । बोट–विरुवा कमै भएर हो, या पानी पर्न नसकेर हो, दिउँसोको समयमा नभई विहान बेलुका पनि तातो हावा चल्ले गरेको छ । त्यसैले दमौलीमा गर्मी अझै बढ्ने अनुमान लगाउन सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी