अपाङ्ग भएका व्यक्तिलाई ह्वील चियर वितरण

दमौली न्युज
  • ख-
  • ख+

स्याङजा : सि बि आर यस नेपालको आयोजनामा ह्वील चियर वितरण गरिएको छ । हरिनास गाउँपालिकाको सहकार्य र चित्रे भञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको स्थानीय संयोजनमा हरिनास गाउँ पालिका वडा न ४ भित्र रहेका फरक भिन्न क्षमता भएका व्यक्तिहरूलाई ह्विल चियर बितरण गरिएको हो ।

सि बि आर एस नेपालका व्यवस्थापक श्री कृष्ण कुमार लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रमा हरिनास गाउँपालिकाकी उपाध्यक्ष तथा अपांग समितिको संयोजक ईन्द्र कुमारी थापा राना प्रमुख अतिथि थिईन भने उक्त कार्यक्रममा हरिनास गाउँ पालिका वडा न ४ का वडा अध्यक्ष सन्त थापा विशेष अतिथि रहेका थिए ।

हवील चियर वितरण कार्यक्रममा बोल्दै हरिनास गाउँ पालिका वडा न ४ का वडा अध्यक्ष समेत रहेका सन्त थापाले आफ्नो गाउँपालिकामा रहेका अपाङ्ग असाहय हरुलाई हवील चियर वितरण गर्नु हुने संस्थाहरुलाई हार्दिक सम्मान सहित धन्यवाद दिएका थिए ।

त्यस्तै उक्त कार्यक्रममा हरिनास गाउँपालिकाकी उपाध्यक्ष तथा अपांग समितिको संयोजक ईन्द्र कुमारी थापा रानाले अपाङ्ग हुनु आफैमा अबिसाफ होइन अपाङ्ग हुनु यो त एक किसिमको नियती हो । मानिस कुनै जन्मजात रुपामा वा कुनै बिबिध कारणबस अपाङ्ग हुन्छ यो कुनै रहर होइन न त चाहाना । त्यसैले अपांगप्रती हाम्रो दायित्व कर्तव्य बिशिस्ट हुनु पर्छ भन्दै आफ्नो धारण राखेकी थिईन् ।

त्यस्तै सि बि आर एस नेपालका व्यवस्थापक श्री कृष्ण कुमार लामिछानेले हामीले अपाङ्ग भएका ब्यक्तिहरुलाई माया स्नेह उत्प्रेरणा दिनुपर्छ । उनले भने आत्मसम्मानको लागि आत्मबल बृद्धिको लागि हामीले गरिने हरेक व्यबहार सामाजिक रुपामा मानसिक रुपमा सारीरिक रुपमा अपाङ्ग मैत्री बनाउन जरुरी भएको कुरा सवै माझ राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी