करेन्ट लागेर म्याग्देका बिमल थापाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

म्याग्दे: तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ अकलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँ पालिका वडा नं ६ का २१ बर्षिय बिमल थापा रहेका छन्।

प्रहरीका अनुसार उनको आज बेलुकी करिब ४ बजेको समयमा अकला स्थित घर नजिकको रूखमा चढी घाँस काट्ने क्रममा अचानक करेन्ट लागि रुखबाट भुईमा लडिरहेको अवस्थामा थापा भेटिएका थिए ।

उपचारको लागि जि. पि. कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो। उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्