दमौली : नेपाली कांग्रेस तनहुँका पुर्व कोषाध्यक्ष रेशम गुरूङले सबै जनताको लागी न्यायपुर्ण र सन्तुलित बिकासको जनअपेक्षा आँफुहरूले गरेको बताएका छन् । नेता गुरूङले तनहुँ जिल्ला प्रजातन्त्र र देश परिवर्तनको बिगुल फुक्ने तथा देशको निति निर्माणमा समेत महत्वपुर्ण भुमिका खेलेको जिल्ला भएको बताए । तनहुँमा राज नेता र देश चलाउने ठुला बिध्वानहरु छन्, यद्दपी यस जिल्लामा खासै विकास भएको छैन गुरूङले भने ।
छिमेकी जिल्ला र बाहिरबाट आउने ब्यक्तिहरू यस जिल्लालाई विकासमा वत्तीमुनिको अध्यारो भन्ने गर्छन् , यसलाई चिर्नपनि नमुना बिकास तिव्र रूपमा आवस्यक छ । तनहककु जिल्लाको क्षेत्र न १ को (२ख) प्रदेश अन्तर्गत पर्ने बन्दिपुर, आबु, देबघाट र व्यासका १,१२,१३,१४ वडा यस प्रदेशमा पर्दछ । जिल्लाको दक्षिणी भेगमा २०४६ साल यता बहुदल र प्रजातन्त्र आइसकेपछि झन् पिछडिएको क्षेत्र हो ।गणतन्त्र आए पछि पनि यस प्रदेश विकासमा ठगिन पुगेको छ ! यस क्षेत्रले न कहिल्यै योग्य नेता पाउन सक्यो? न त बिकाश नै ? यस भेगका जनताले साच्चै बिकाश भएको अनुभुति गर्न पाएनन् नेता गुरूङले जनाएका छन् ।
हामीले कहिले पाउने होला केन्द्रीय सरकार ? प्रदेश सरकार ? अब यहाका जनताले बिकासको प्रत्यभुति पाउने गरि काम होस् न्यायोचित बजेट बितरण होस् जनमुखि कार्यक्रम आओस् भन्ने माग सहितको सरकारसंग गुरूङले अपेक्षा गरेका छन । विकासमा समानुपातिक नहुने तर जनताले सधै भोट मात्र हालि रहनुपर्ने ? त्यसैले यस बिषयमा सम्बन्धित नेता र सरकारमा रहेका सबैको बेलैमा ध्यान पुगोस् नेता गुरूङले नेतृत्व बर्गलाइ सचेत गराएका छन् ।
                    




				                               






							
							
							
    
    
    
    
