भिरबाट लडेर गुरुङको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ रहेका छन् ।

उनको स्थानीय सुदेखोला सातबिसे सामुदायिक वनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

१२ दिन देखि हराई रहेका गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएको थिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्