सामुदायिक वन तनहुँको अध्यक्षमा म्याग्देका बिष्णुकुमार श्रेष्ठ

दमौली न्युज
  • ख-
  • ख+

दमौली : सामुदायिक बन उपभोक्ता महासंघ नेपाल तनहुँको छैटौं जिल्ला अधिवेशन दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले म्याग्देका विष्णु कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । महासंघको उपाध्यक्षमा घिरिङका रामप्रसाद श्रेष्ठ , सचिवमा व्यास कि मन्जु अधिकारी र कोशाध्यक्षमा ऋषिङकि हुमादेवि रानाभाट रहेका छन् ।

पदाधिकारी सँगै समितिमा २० जना सदस्यहरू चयन भएको र बाँकी ५ जना सदस्यहरू समितिको बैठकले मनोनित गर्ने नवनिर्वाचित उपाध्यक्ष रामप्रसाद श्रेष्ठले बताए । यश अघि भएको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सामुदायिक बन गण्डकी प्रदेश महासंघकि केन्द्रीय सदस्य डोलकुमारि सापकोटाले सामुदायिक बन जनता सँग प्रत्यक्ष जोडिने हुँदा यसको महत्त्व बढी भएको बताइन् ।


महासंघ तनहुँका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य मुक्तिनाथ तिमिल्सिना , रत्ना घिमिरे लगायतका बक्ताहरूले सामुदायिक बनको आवस्यकता र महत्त्वको बारेमा बोलेको उपाध्यक्ष श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्