
दमौली : तनहुँको क्षेत्र नं. १ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको ४२ वडा मध्ये २० वडाको मत गणना गरिएको छ । २० वडाको जम्मा २७ हजार ४४ मत गणना गरिएको हो ।
उक्त मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उमेदवार डा. स्वर्णिम वाग्ले ले १३,७४९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले ८,०३६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनाले ४,३९४ मत सहित तेस्रो स्थान भएका हुन् ।
अहिले सम्म नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईलाई पछि पार्दै रास्वपाका उमेदवार डा. स्वर्णिम वाग्लेले ५,७१३ मत सहित अग्रस्थान कायम गरेको पाईन्छ ।