गोविन्द भट्टराईले ५ हजार मतान्तरले चुनाव जित्ने प्रक्षेपण, दोस्रोका लागि वाग्ले र खनाल प्रतिस्पर्धामा

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः तनहुँ १ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले पाँच हजार मतान्तरले चुनाव जित्ने प्रक्षेपण गरिएको छ ।


नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले पछिल्लो पटक बिहीबार साँझ गृह मन्त्रालयमा पठाएको रिपोर्टमा यस्तो विवरण समेटिएको छ । प्रहरी प्रधान कार्यालय र अनुसन्धान विभागसँगै नेपाली सेनाको गुप्तचर विभागलेसमेत केही दिनअघि भट्टराईले चुनाव जित्ने अनुमानसहितको रिपोर्ट आफ्ना निकायमा बुझाएका थिए ।


चुनाव प्रचारको अन्तिम घडीसम्मको सर्वेक्षणका आधारमा भट्टराईको अवस्था सुधार आएको निष्कर्षसहित उनैले चुनाव जित्ने प्रक्षेपण सुरक्षा निकायले गरेका हुन् ।
विगतको चुनावको आँकडाका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले जितेको भन्दा करिब पाँच हजार बढी मत भट्टराइलाई आउने भए पनि त्यसको केहि हिस्सा मत रास्वपाका स्वर्णिमले काट्ने विवरणमा छ ।


सँगै, कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले प्राप्त गरेको ६ हजार ८ सयमध्ये ६० प्रतिशतसम्म मत भट्टराइका पक्षमा पर्ने गुप्तचर विश्लेषण छ । साथै, एमालेले गएको चुनावमा पाएको मध्ये तीन हजारसम्म मत कांग्रेस र रास्वपामा बाँडिने गुप्तचर विश्लेषण छ । यसैगरी, माओवादीले पाएको मतको ८० प्रतिशत हिस्सा भट्टराइलाई जाने पनि सुरक्षा निकायले रिपोर्टिङ गरेका छन् ।


कांग्रेस नेता भट्टराइलाई मन्त्री बनाउने डुम्रेमा गरिएको सार्वजनिक घोषणाले पनि उनका पक्षमा थप मत बनाउन मद्दत पुगेको निष्कर्ष रिपोर्टमा छ । जोशी समूहको मत थपिनुका साथै उनले पानी योजना पारेका भानु तथा आँबुका भागबाट केही एमालेको समेत मत थपिने भएकाले करिब पाँच हजारसम्मले भट्टरँर्य विजयी हुने तर दोस्रो र तेस्रो स्थानका लागि रास्वपाका वाग्ले तथा एमालेका सर्वेन्द्र खनालबीच प्रतिष्पर्धा हुने सुरक्षा निकायको विश्लेषण छ ।


पछिल्लो समय भट्टराइका पक्षमा कांग्रेससँगै गठबन्धनका माओवादी, रास्वपासँगै जसपा पनि सक्रिय बनेको र बाबुराम भट्टराइको भाषणपछि समाजवादी पार्टीका नेता देवेन्द्र थापाहरुसमेत भट्टराइका पक्षमा लागेका छन् । रास्वपाको गतिविधि बढेको देखिएको आँबुखैरेनी तथा देवघाटमासमेत पछिल्लो समय कांग्रेससँगै गठबन्धनसमेत सक्रिय बनेको रिपोर्ट सुरक्षा निकायले दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी