रुख चिन्हका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्दै भट्टराई र पाेख्रेलकाे संयुक्त अपिल

दमौली न्युज
  • ख-
  • ख+

बैशाख १० गते हुने उपनिर्वाचनकाे बाम लाेकतान्त्रिक गठवन्धनका उम्मेदवार गाेविन्द भट्टराईलाई भानुभक्त पाेख्रेलले सहयोग गर्ने भएका छन् ।

बन्दिपुर गाउँपालिका वडा नं १ का निवर्तमान वडा अध्यक्ष पाेख्रेलले उम्मेदवार भट्टराई सँगै संयुक्त बिज्ञप्ति मार्फत सहयोग गर्ने भएका हुन् । केही समय अगाडि नेकपा माओबादी केन्द्रबाट राजीनामा दिएका पाेख्रेल त्यस भेगका प्रभावशाली युवा नेता हुन् । पाेख्रेलले समर्थन गर्ने भए पछि भट्टराईलाई चुनाव जित्न थप सहज हुने ठानिएको छ ।

युवा नेता पोख्रेल र लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार भट्टराई बीच हाल भानु र बन्दिपुर नगरपालिकाका केही वडा मात्र समेटिएको नयाँ शहरी आयाेजनालाइ मन्त्रीपरिषद बाट निर्णय गराइ यश निर्वाचन क्षेत्रका सबै पालिकाहरूमा बिस्तार गरि भाैतिक बिकासकाे कार्यक्रम अगाडि बढाउन भट्टराईले पहल गर्ने सहमति भएको छ । ४ बुँदे सहमति गरेका पाेख्रेलले यश क्षेत्रका भुमिहिन , सुकुम्बासी र अव्यवस्थित रूपमा बसाेबास गरेका जनतालाई भुमि आयाेग मार्फत सिघ्र लालपुर्जा बितरण गर्न भट्टराईले पहल गर्ने उल्लेख छ ।

यस्तै यश निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पाँच वटै पालीकाहरूमा अविलम्ब अाैधाेगिक ग्रामकाे स्थापना गरि राेजगारकाे अवसरबाट बञ्चित युवाहरू लाई राेजगारि सिर्जना गर्ने कुरामा पहल गर्ने संयुक्त बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा यी बुँदा पूरा गर्नेतर्फ उम्मेदवार भट्टराईले पहल गरेबापत खुल्ला रूपमा रूखमा मत माग्न पाेख्रेल लाग्ने सहमति भएको उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी