पौडेलको गाउँमा भट्टराईलाई आर्शिवाद

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः तनहुँको क्षेत्र नं १ बाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार गोविन्द भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना र आशिर्वाद आँफुलाई भएको बताएका छन् ।

बिहिवार व्यासनगरपालिका अन्तर्गत पौडेलको गाउँमा पुगेर भट्टराईले राष्ट्रपतिको उत्तराधिकारी समेत आँफु भएकोले उनका अधुरा विकास निर्माणका कामहरू पनि आफ्नै काँधमा आएको बताए । २०४२ सालको सत्याग्रहमा रामचन्द्र पौडेल सँगै आँफुपनि गिरफ्तारमा परेको भन्दै भट्टराईले जन्मेदेखि यही ठाउँलाई केन्द्रबिन्दु बनाएर राजनीति गरेको बताए ।

राष्ट्रपति पौडेलको ठाउँ यसैपनि सधैं काङ्ग्रेसको गढ भएको र सधैं जित्दै आएकोमा गठवन्धनको समर्थनले धेरै फरकमा अहिले जित्ने उनले दावी गरे । आफूले विगतमा गरेका विकास निर्माणपछि गाउँ गाउँ पुग्दा आफूले पाएको आर्शिवाद नै आफ्ना लागि उर्जा भएको भन्दै भट्टराईले यो नै आफ्नो जितको आधार भएको बताए ।


उम्मेदवार भट्टराईलाई साथ दिन आएका काङ्ग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीले गोविन्द भट्टराई त्यागी नेता भएको हुँदा सबै एकजुट भएर जिताउनुको विकल्प नभएको बताए ।

बिहिवार नै ब्यास ७ को कलेस्ती, पाथ्रा , सत्रसय, बानियाँ गाउँ , व्यास ८ को बर्लाँचि , सोतिवेशि, रिस्तिबेसी, सग्रामेटार, लव्रि, पुलिमराङ्ग र गाडापानीमा भेटघाट तथा कोणसभा कार्यक्रम भएको थियो ।
कार्यक्रमहरुमा भट्टराईलाई वृद्धवृद्धाहरुले हर्षका साथमा चुनाव जितको शुभकामना दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी