प्रकाशमान भन्छन् – तनहुँबाट गोविन्दलाइ जिताएर पठाउनुस माथि चान्स छ

दमौली न्युज
  • ख-
  • ख+

बन्दीपुरः नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई जिताए केन्द्रीय राजनीतिमा अझ सम्भावनाको अवसर रहेको बताएका छन् ।


बन्दीपुरमा आयोजित गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले सबै तिर गठवन्धनको सरकार भएकोले गोविन्द भट्टराईको सम्भावना भएको बताए । भट्टराईको आसय नेता भट्टराई साँसद भए मन्त्री हुन सक्ने आसयको थियो ।


आँफु मन्त्री हुँदा भट्टराईले तनहुँका लागि धेरै शीर्षकमा बजेट माग्न धाएको स्मरण गर्दै सिंहले जनताको लागि काम गर्ने नेता भट्टराई भएको बताए । ‘भट्टराईजी कैयौंपटक लौ न मेरो क्षेत्रमा बाटोको लागि , पानीको लागि , स्वास्थ्यको लागि बजेट चाहियो भन्दै आउनुहुन्थ्यो,’ सिंहले स्मरण गरे ।


भट्टराईले देश, जिल्ला र आफ्नो क्षेत्रको सेवा गर्छु भन्दै आउँदा खुला दिलले स्वागत र सम्मान गरि मतदान गरेर जिताउनु पर्ने बताए । यही ठाउँको, यहि गाउँको मान्छे , जसले वषौंदेखि केही गरौँ भन्ने भावनाले काम गरिरहेको छ त्यस्तो व्यक्तिलाई जिताउन सिंहले आग्रह गरे । जनताको कामलाई कसरी सम्बोधन गर्ने भन्ने भावना भट्टराईमा भएको भन्दै सिंहले सुखदुःख र अप्ठ्यारो बुझ्ने नेता गोविन्द भट्टराई भएको बताए ।


तनहुँवासीको परिक्षाको घडी आएको भन्दै उनले वैसाख १० गतेको मतदानमा मतदाताले पास गरेर पठाउने विश्वास व्यक्त गरे ।
नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भैसकेको व्यक्तिको देश तथा बिदेशमा राम्रो सम्पर्क रहेको हुँदा धेरै सम्भावना र पहुँच भट्टराईमा रहेको सिंहले बताए ।


एक अर्को प्रसङ्गमा सिंहले काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीका बारेमा केन्द्रीय तहमा छलफल भइरहेको भन्दै समस्याको समाधान हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी