दमौलीः तनहुँ क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धन उम्मेदवार गोविन्द भट्टराईका पक्षमा कांग्रेस तथा गठबन्धन आवद्ध शीर्ष नेताहरुले स्थलगत रुपमै मत मागेका छन् ।
आँबुखैरेनीमा मतदातासँगको घरदैलोमा सक्रिय भट्टराईका पक्षमा मत माग्दै कांग्रेस महामन्त्री एवं युवा नेता विश्वप्रकाश शर्माले संसदमा गोविन्द भट्टराईजस्तो नेता आवश्यक परेको बताए । ‘उहाँ जत्तिको आर्थिक विषयमासमेत दखल भएको अनुभवी नेतृत्व हामीलाई आवश्यक छ,’ उनले भने, ‘अब हामी केही दिनमै उहाँसँग संसदमा भेट्दैछौं । ‘ नेविसंघमा भट्टराई सभापति रहँदा उपसभापति रहेका शर्माले भने, उहाँ असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता हो ।
यस्तै उम्मेदवार भट्टराईलाई नेकपा माओवादीका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एवम् नेकपा एकिकृत समाजवादीका नेता तथा भौतिक योजना मन्त्री प्रकाश ज्वालाले पनि आँबुखैरेनीमा भेट गरि चुनावी गतिविधि को बारेमा जानकारी लिएका छन् । उनीहरूले भट्टराई गठबन्धनको साझा उम्मेदवार भएको भन्दै विजयी बनाउन आफ्ना दलका तर्फबाट कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।

आँबुखैरेनी बजारमा भएको घरदैलोमा मन्त्री तथा पार्टीका नेताहरू सहभागी भए पछि भट्टराईको अभियानमा गठबन्धन दलका स्थानीय नेता कार्यकर्तामासमेत हौसला मिलेको छ । भट्टराईले आँवुखैरेनीका राजमार्ग क्षेत्र तथा विकट भागहरुमासमेत पुग्दा नागरिकहरुले पानीको अभावदेखि आफ्ना समस्या समाधानमा भूमिका खेलेकाले भट्टराईका पक्षमा खुलेर सघाउने प्रतिवद्धता जनाए ।
नेपाली काङ्ग्रेस व्यास २ को चुनावी सम्पर्क कार्यालय उद्घाटन
नेपाली काङ्ग्रेस व्यास २ को चुनावी सम्पर्क कार्यालयको उद्घाटन भएको छ । आइतबार गणेशमान चोकमा सम्पर्क कार्यलयको उद्घाटन गर्दै काङ्ग्रेस नेता रामचन्द्र पोख्रेलले गठवन्धन उम्मेदवार गोविन्द भट्टराई धैर्य र शालिनका साथै निष्ठाको राजनीति गर्ने विकासप्रेमी नेता भएको बताए ।
शनिबार देवघाटमा काङ्ग्रेसको कार्यक्रममा जनताको ठूलो जनसमर्थन र उपस्थिति देख्दा पहिलाको भन्दा अझै धेरै मत फरकमा जित्ने वातावरण बनेको पोख्रेलको भनाइ थियो । अन्य दलका आयातित उम्मेदवारलाई नभइ आफ्नै ठाउँका उम्मेदवारलाई जिताउन सक्यौं भने मात्रै भोलिका दिनमा बिकास निर्माणका काममा सजिलो हुने र कामले गति लिने उनको भनाइ छ ।
तनहुँ जिल्लामा काङ्ग्रेसको उम्मेदवारलाई विजयी गराइ पार्टीको बिरासत जोगाउनुपर्ने पोख्रेलले बताए । कार्यक्रममा नेकपा समाजवादीकि नेतृ कलिला खानले आफ्नो पार्टीको केन्द्रबाट गठवन्धन का उम्मेदवार लाई जिताउन सर्कुलर आएकोले सबै किसिमका साथ सहयोग रहने बताइन् । गठवन्धनका उम्मेदवार लाई जिताउन गठवन्धनका सबै पार्टी पंक्ति सक्रिय भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता रामचन्द्र सापकोटाले भट्टराई कांग्रेस मात्र नभएर गठवन्धनको साझा उम्मेदवार भएको भन्दै उनको आवस्यकता महशुस केन्द्र देखि नैं भएकाले आफ्नो दलले सक्दो सहयोग गर्ने बताए । गठवन्धनबाट उठेका काङ्ग्रेस नेता गोविन्द भट्टराईलाई जिताउन माओवादी केन्द्रको पुर्ण साथ र सहयोग रहने सापकोटाको भनाइ थियो ।
नेपाली काङ्ग्रेस व्यास २ का वडा सभापति टुकबहादुर हमालको सभापतित्वमा भएको सम्पर्क कार्यलय उद्घाटन कार्यक्रममा काङ्ग्रेस नगर सभापति सुर्यचन्द्र हड्खले , कल्पना पोख्रेल ,
सरला श्रेष्ठ , कृष्ण सुनार लगायतका बक्ताहरूले काङ्ग्रेस उम्मेदवार भट्टराईलाई जिताउनुको बिकल्प नभएको बताएका थिए ।











