भट्टराईलाई जिताउन भन्दै वडा वडामा सम्पर्क कार्यालय स्थापना

दमौली न्युज
  • ख-
  • ख+

विकास खनाल

२२, चैत, दमौली ।
सत्ता साझेदार बाम लाेकतान्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता गाेबिन्द भट्टराईलाई जिताउन वडा वडामा सम्पर्क कार्यलय खुल्न थालेका छन् । बैशाख १० गते हुने उप निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सन्त नेता गोविन्द भट्टराईको चुनाव प्रचार प्रसार गर्नको लागि सहज बनाउन र वडाबाटै कार्यकर्ताहरू परिचालन गर्न भनी सम्पर्क कार्यलय खुलेको हाे । यसैक्रममा आज आबुखैरेनी गाउँपालिका वडा नं.३ मा नेपाली कांग्रेस वडा नं.३ वडा कार्यसमिति र वडा नं.३ का सक्रिय कार्यकर्ता बिच भेला र छलफल गरि निर्वाचन सम्पर्क कार्यालय तथा विभिन्न चुनावी परिचालन समितिहरु गठन गरिएको काङ्ग्रेस नेता रत्नकुमार श्रेष्ठले बताए ।

निर्वाचन सम्पर्क कार्यालय गोर्खा रोड बिच बजारमा रहेको भन्दै श्रेष्ठले वडा भित्र वडाकै नेताकार्यकर्ता लाई परिचालन गर्दा प्रभावकारी हुने भएकोले साेहि अनुसार गर्न लागिएको बताए । यश अगाडि ब्यास , भानु , बन्दिपुर लगायतका विभिन्न स्थानीय तह तथा वडामा सम्पर्क कार्यलय खाेलि सबै टाेलटाेल सम्म प्रचारप्रसार लाई पुर्याउँदै लगिएको छ । भट्टराईले तनहुँका अन्य उम्मेदवारकाे तुलनामा भेटघाट र चुनाव प्रचारप्रसार लाई तिव्रता दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी