यहाँको माटोसँग मेरो सामिप्यता छ, विकासका लागि मत दिनुस्ः गोविन्द भट्टराई

दमौली न्युज
  • ख-
  • ख+

तनहुँ १ उपनिर्वाचन

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदमा नरहे पनि आफू तनहुँको माटो माटोसँग साइनो रहेको भन्दै यसको विकासका लागि आफूलाई मत दिन मतदातासँग आग्रह गरेका छन् ।


वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारका रुपमा जिल्ला निर्वाचन कार्यालय तनहुँमा उम्मेदवारी दर्ता गराएका भट्टराईले भने यहाँका हरेक चौताराहरुसँग मेरो साइनो गाँसिएको छ, यहाँको माटो अनि विकाससँग मेरो साइनो गाँसिएको छ ।


कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले यहाँको हरेक घरसँग । सिद्धान्त, व्यवहार र विकासले आफ्नो सम्बन्ध गाँसिएको भन्दै यहाँको विकासका लागि माटो बुझेको व्यक्तिलाई सघाउन मतदातासँग अपिल गरे ।

‘पाहुनासँग अर्को घर पनि जाने विकल्प छ तर घरकालाई आफ्नै घरका मान्छेले सुख पाउन् भन्ने चाहना रहन्छ,’ उनले भने, ‘पाहुनालाई सत्कार दिनुस्, भोट रुखमा दिनुस् ।’


राजनीतिका क्रममा गाउँ पुग्दा त्यहाँका मानिसले पानीका लागि समेत पाएको दुःख देखेर हरेक घरको भान्छामा खानेपानी पुर्याउँछु भनेर थालेको अभियानले ६२ बस्तीमा खानेपानी पुगेको उनले बताए । ‘यहाँको सबै विकाससँग मेरो सामिप्यता छ,’ उनले भने

केन्द्रीय सदस्य भट्टराईले युवालाई भविष्य निर्माणका लागि आफू प्रयत्नशील रहेको भन्दै विकासका लागि आफूलाई मत दिन आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्