
भानु : तनहुँको भानु नगरपालिकामा शनिबार ट्याक्टर दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका २ निवासी ४० बर्षीय ईश्वर अधिकारी रहेका छन् । उक्त दुर्घटनामा उनका १७ बर्षीय छोरा समिर र सोही स्थानका ३९ बर्षीय दीपक नेपाली सख्त घाइते भएका हुन् ।
जिल्लाको भानु नगरपालिका–२ को भकुन्थोकबाट बेशिसहर तर्फ मल लोड गरी जादै गरेको बा ०३–००१ त २२६ न.को ट्याक्टरको ईन्जिन र ट्रलि जोइने भाग भाँचिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । अधिकारीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाईते समिर र दिपकको सोही अस्पतालमा उपचार भईरहेको छ उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।