
दमौली : तनहुँको क्षेत्र नं १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आफुलाई पार्टीले टिकट दिएमा जित्ने सम्भावना धेरै भएको बताएका छन् । नेकपा एमालेको तर्फबाट प्रत्यक्ष चुनावी मैदानमा डेब्युको तयारी गर्दै गर्दा वि कले यस्तो अभिव्यक्ति दिएका हुन्।
पार्टीमा जुझारु एवं सक्रिय व्याक्तिको रुपमा चिनिएका वि कले टिकट पाएमा आफुले जित्ने बलियो सम्भावना रहेको वताए । फरक प्रसङ्गमा उनले भने “सो पार्टीको तर्फबाट आफुले टिकट नपाए पनि आफ्नो पार्टीबाट टिकट पाएका उम्मेदवार लाई आफ्नो सहयोग हुने पनि बताए “। म एउटा पार्टीको ईमान्दार सिपाही हुँ त्यसैले पनि यो तनहुँ क्षेत्र नं १को उपनिर्वाचनका लागि मैलेनै टिकट पाउछु भन्ने लागेको छ ‘उनले भने’। तनहुँको १ नम्बर क्षेत्र दलितको बाहुल्यता भएको हुनाले पनि यो उपनिर्वाचनका लागि आफुले टिकट पाउने कुरामा विश्वस्त रहेको वताए।
सोही क्षेत्रबाट सर्वेन्द्र खनाल, किरण गुरुङ परितोष पौडेल लगायतका नेताहरुले टिकट पाउने चर्चा समेत रहेको पाइन्छ।